जम्बोको नगद छुट सहित अनौठो उपहार योजना 

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना  सार्वजनिक गरेको छ ।

जम्बो इको भेहिकलका अनुसार  नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतः पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात दुई वटा हेलमेट उपहार योजना सहित स्किम ल्याएको जानकारी गराएको हो  ।

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आर्कषित गरेता पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र एम डि के ए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयात कर्ता जम्बो इको भेहिकलले नगद छुट  २५,००० सहित अनौठो योजना ल्याएको कम्पनीका प्रतिनिधिले जनाएका छन ।

लोकनथली भक्तपुरमा मल्टिब्राण्ड शोरुम अर्थात विभिन्न ब्राण्ड एकै स्थानमा पाइने शोरुम रहेको कम्पनीले लेबिनीङ्ग, एम्डिकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्री वितरण गर्दै आएको छ ।

सेल्स, सर्भीस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्री पश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीका प्रतिनिधी बताउँछन् ।

हाल जम्बो इको भेहिकलले ३००० वाट सम्मको मोटर भएका, ७२ भोल्ट सम्मका इलेक्ट्रिकल स्कुटर तथा ई. साइकलहरू बिक्री वितरण गदै आएको छ, जसका मुल्य  ७०,००० बाट सुरु हुने गरेको जम्बो इको भेहिकलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *