टेस्लाको वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने घोषणा गरेको छ।

आम उपभोक्तालाई लक्षित गरेर सन् २०३० बाट धेरै संख्यामा सस्तो मूल्यका इन्ट्रि लेभल इभी बनाउने कम्पनीले घोषणा गरेको हो। यी कारको मूल्य २० हजार डलर पर्ने जनाइएको छ।

२०३० बाट वार्षिक २ करोड कार उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले कम मूल्यमा नयाँ इलेक्ट्रिक कार ल्याउन लागेको छ।

महंगो मूल्यमा मात्रै कार उत्पादन गर्दा सो संख्या पुर्याउन कठिन हुने देखेर टेस्लाले कम मूल्यको ईभीलाई ठूलो भोल्युममा उत्पादन गर्ने घोषणा गरेको छ।

टेस्लाले केही वर्ष अघि देखि नै सस्तो विद्युतीय कार बनाउने बताउँदै आएको थियो।

यसले अबको केही समयपछि २५ हजार डलरको सस्तो कार सार्वजनिक गर्ने तयारी गरेको छ। टेस्लाले सस्तो कारबारे भने केही खुलाएको छैन।

२५ हजार अमेरिकी डलरको विद्युतीय कार टेस्लाको लाइन अपमा सबैभन्दा सस्तो कार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *