पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रूपैयाँको दरले मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनमा १० रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर ७० डलर घटाइएको निगमले जनाएको छ ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार सोमबार रातिदेखि लागू हुने गरी मूल्य घटाइएको हो । अब पेट्रोल एक सय ७५ रुपैयाँ प्रतिलिटरमा कारोबार हुनेछ भने डिजेल र मट्टीतेल समान एक सय ६५ रुपैयाँ प्रतिलिटरमा कारोबार हुनेछ ।

त्यस्तै, आन्तरिक हवाई इन्धन एक सय ६० रुपैयाँ र बाह्य हवाई इन्धन १.३५० डलर प्रतिलिटरमा कारोबार हुने प्रवक्ता ठाकुरले जानकारी दिए ।

ग्यासमा भने अझै पनि पाँच सय ४५ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान रहेकाले मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

विगतमा चर्को नोक्सानी खेपेका कारण अझै १४ अर्ब रुपैयाँ बक्यौता रहेको पनि निगमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *