कामना सेवा विकास बैंकले टाटाका विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले विद्युतीय सवारीसाधन खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो ।
सम्झौतामा कामना सेवा विकास बैंकका कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका महाप्रबन्धक शाश्वतजंग सिजापतीले हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट टाटा ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ ।