सवारी साधनहरु विलासिताका बस्तु नभई आवश्यकताको बस्तु

– विष्णुप्रसाद पौडेल, माननीय उपप्रधान तथा अर्थमन्त्री

नाडाका अध्यक्ष ध्रुव थापाको सभापतित्वमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो ।

सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन ।

उक्त साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए

नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरुलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाईको जवाफ दिँदै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले यातायातको लागि सवारी साधन सबैको लागि आवश्यक बन्दै गएको बताएका छन ।

आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भएको भन्दै उपप्रधान मन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसा समेत गरे ।

उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए ।

स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाण्डौमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताउनु भयो ।

सभामा बोल्दै उपप्रधान मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका बस्तु नभई आवश्यकताको बस्तु भएको स्पष्ट रुपमा औंल््याउदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको बस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *