टाटा मोटर्सले ल्यायो २,००० किसानको जीविकोपार्जनमा परिवर्तन

टाटा मोटर्सले BAIF इन्स्टिच्युट फर सस्टेनेबल लिभिलिहुड्स एण्ड डेभलपमेन्ट (BISLD) सँगको सहकार्यमा महाराष्ट्रको पालघरको जवाहर आदिवासी क्षेत्रमा वाडी मोडल पाइलट गरेको छ।

यस समग्र मोडेलले खाद्य सुरक्षा, दिगो आय आर्जन, स्वास्थ्य सेवा उपलब्ध गराउने र उत्पादित कृषि उत्पादनको गुणस्तर र परिमाणमा सुधार गर्ने प्राविधिक ज्ञान आदानप्रदान गरी २ हजार किसानको जीविकोपार्जनमा उल्लेख्य वृद्धि गरेको छ ।

यो कार्यक्रम सुरु भएदेखि यी किसानहरूले २.७ लाखभन्दा बढी रुख रोपेका छन् र १ हजार एकड (२६५ हेक्टर) जमिनको संरक्षण गरेका छन्।

जव्हारमा तीन-ग्राम पञ्चायतहरूमा आदिवासी समुदायहरूसँग सहभागितामूलक योजना मार्फत विकसित गरिएको, यो वाडी मोडेलले ठूलो सफलता हासिल गरेको छ र अहिले पालघरका अन्य छिमेकी क्षेत्रहरूमा फैलिरहेको छ।

यस मोडल अन्तर्गत आजसम्म प्रत्येक सहभागी परिवारको स्वामित्वमा रहेको १ एकड जमिनमा लगभग ६० फलफूल (मुख्यतया आँप र काजू) र २५० देखि ३०० वन रूखहरू (काठ, चारा र NTFP रूख प्रजातिको संयोजन) रोपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *