– ध्रुव थापा,
अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
आयात प्रतिबन्ध र अनिवार्य नगद मार्जिन हट्नु तथा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन हुनु स्वागतयोग्य विषय हो तर यतिले मात्र पर्याप्त छैन।
बजारमा अहिले सवारीसाधनको माग छैन। अहिलेका लागि जोखिम भार नै हाम्रो व्यवसायका लागि ठूलो चुनौती हो।
सवारीसाधन बिक्री भए गाडी बिक्री भए त्यही पैसा परिचालन गर्ने थियौं। बिक्री रोकिएपछि न त नयाँ गाडी अर्डर गर्न सक्यौं न त अर्डर गरेका गाडी भन्सार छुटाउन सक्यौं।
अटो क्षेत्रले राजस्वमा बर्सेनि एक खर्ब रुपैयाँ योगदान हुने गरेको छ।
सरकार यदि बढी राजस्व उठाउन चाहने हो भने नेपाल राष्ट्र बैंकले सहज गरिदिनुपर्छ। तत्काल दुई व्यवस्था परिवर्तन गर्नुपर्छ। पहिलो, जोखिम भार पूर्ववत् अवस्थामा अर्थात् १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गरिनुपर्छ।
दोस्रो, न्यूनतम ५० प्रतिशत डाउनपेमेन्टको व्यवस्थालाई ३० प्रतिशतमात्र झार्नु पर्छ। अटो क्षेत्रप्रति अर्थमन्त्री सकारात्मक हुनुहुन्छ। आश्वासन पाए अनुसार नै क्रमबद्ध रूपमा हाम्रा माग पूरा हुँदै गएका छन्। केन्द्रीय बैंकले सबैभन्दा कम डिफल्ट दर भएको अटोमोबाइल क्षेत्रमा हुने लगानी सबैभन्दा सुरक्षित हो भन्ने स्वीकार गर्नुपर्छ।
Post Views: 127