एक्कासी सकृय ट्राफिक प्रहरी

उपत्यकामा केही दिन यतादेखी ट्राफिक प्रहरी निकै सकृय देखिएका छन् । विदाका दिनमा समेत सडकभरी ट्राफिक देखीन थालेका छन् । पहिला पहिला विदाका दिनमा कतिपय स्थानमा ट्राफिकको अनुहार हेर्न धौ धौ हुन्थ्यो । तीनकुने लगायतका क्षेत्रमा ट्राफिकको अभावमा सवारी चालकलाई निकै असजिलो पर्ने हुन्थ्यो । तर अहिले जताततै सकृय रुपमा ट्राफिक देखिएका छन् । कतीपय स्थानहरुमा ट्राफिकले सडकलाई वान वे पनि बनाएका छन् ।

उदाहरणको लागी युएन पार्कबाट बिजुलीबजार तर्फ जाने सिदा सडकलाई अहिले विहान ८ देखी बेलुकी ८ बजेसम्मको लागी वान वे बनाइएको छ । त्यहाँ अहिले ट्राफिक पनि २ जनाको सट्टामा ३ जना बस्न लागेको पाइएको छ । यस्तै विभिन्न स्थानमा ट्राफिकको उपस्थिती बाक्लीएको छ भने ट्राफिकहरुले विस्तारै नियम पनि कडा बनाउदै लगेको देखिएको छ ।

हुनत हामीले अहिले सम्म पनि यो विषयमा कुनै जिम्बेवार ट्राफिकलाई परिवर्तनको कारण सोधेका छैनौ तथापी सर्वसाधारण र विशेष गरी सवारी चालकले ट्राफिक व्यवस्थामा निकै सुधार भएको अनुभूती गरेका छन् । स्पीड कन्ट्रोल गर्ने राडर गनको पनि प्रयोग बढेको छ ।

पछिल्लो दिन गृहमन्त्रि रवि लामिछाने भएपछी उनले धेरै क्षेत्रमा निर्देशन दिएका छन् । यो उनकै निर्देशनको प्ररिणाम पनि हुन सक्छ । अथवा उनि गृहमन्त्रि हुने वित्तीकै पनि यो परिवर्तन भएको हुन सक्छ । सञ्चारकर्मि हुदा र चुनावमा जाँदा प्रचण्ड, देउवा र ओलीको व्यापक विरोध गर्ने रवि लामिछाने अहिले उनै प्रचण्डको मन्त्रिमण्डलमा उपप्रधान तथा गृह मन्त्रि भएका छन् ।

उनले चुनाव अगाडी बोलेका धेरै कुरा बाझिएका छन् । उनले बोलेको कुरा र उनको सरकारमा भएको सहभागिता ठिक विपरित छ । उनको कुरा काट्ने हो भने यस्ता धेरै कुरा भेटिन्छन् । तर आम मानिसलाई उनी किन यो सरकारमा सहभागी भए भन्दा पनि सरकारमा सहभागी भएर राम्रो काम गर्छन्की गर्दैनन् भन्ने विषयमा मात्रै सरोकार हुन्छ वा हुनुपर्छ ।

उनले नराम्रो काम गर्लान भनेर कसैले सोचेका छैनन् । उनलाई गर्नु पर्ने कुनै आवस्यकता पनि छैन । उनले मन्त्रि भएको एक दिन नवित्दै धेरै राम्रा निर्णय गरिसकेका छन् । उनले फिल्डमै गएर निर्देशन र निर्णय लिने काम गरेका छन् । कतिले यसलाई स्टन्टको नाम पनि दिएका छन् । तथापी उनको छोटो समयको कार्यशैली निकै प्रसंसनिय छ ।

दुर्गा प्रसाइ, भिम रावल जस्ता केही पात्रहरुले उनको व्यापक विरोध गरेका छन् । तर उनले त्यसको प्रवाह नगरीकन काम गरिरहेका छन् । जसको प्रभाव ट्राफिक व्यवस्थापनमा परेको देखिएको छ । केही ट्राफिक प्रहरीसँग यो विषयमा जिज्ञासा राख्दा यो नियमित प्रकृयामा भएको र माथिको कुनै पनि आदेश नआएको जनाएका छन् । तथापी जनताले यो सबै रवि लामिछानेलेनै गरेको भनेर बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *