पुरानो जुद्ध वारुणयन्त्र अलपत्र

महानगरले वारुणयन्त्र शाखा विस्तार गर्न लागे पनि ८५ वर्ष पुरानो आफ्नै जीर्ण केन्द्रीय कार्यालय भवनको भने मर्मत गरेको छैन ।

वारुणयन्त्रमा कार्यरत एक कर्मचारीका अनुसार तल दमकल स्टार्ट गर्दा माथिल्लो भाग पूरै हल्लिने अवस्था छ । ३ भदौ १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले आगलागी नियन्त्रण गर्न स्थापना गरेको वारुणयन्त्र ८५ वर्षपछि पनि साधनस्रोत अभाव झेलिरहेको छ ।

२०औँ वर्ष पुराना यहाँका तीन दमकलमा चार हजार, ३५ सय र २५ सय लिटर पानी अटाउँछ ।

दुई रोपनी तीन आनामा बनेको दुईतले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडेलको दुईवटा दमकल संग्रह गरेरसमेत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *