बाइक सर्भिसिङ गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा इन्जिन आयल परिवर्तन हो । सामान्यतया एक हजारदेखि १५ सय किलोमिटरसम्म गुडिसकेपछि इन्जिन आयल फेर्नुपर्छ । लामो समयसम्म इन्जिन आयल नफेर्दा इन्जिनमा समस्या आउन सक्छ । गुणस्तरीय इन्जिन आयल छनोट गरेर हाल्नुपर्छ ।
एयर फिल्टर तथा कार्बोरेटर जाँच : बाइक सर्भिसिङ गर्दा एयर फिल्टर जाँच गर्नुपर्छ । कडाखाले र फोम गरी दुई प्रकारका एयर फिल्टर हुन्छ । कडाखाले एयर फिल्टरलाई सर्भिसिङ गर्दा परिवर्तन गर्नुपर्छ । फोम एयर फिल्टरलाई सफा गर्न सकिन्छ । तर, धेरै फोहोर भइसकेको छ भने यसलाई पनि परिवर्तन गर्नुपर्छ । ताकि, इन्जिनले राम्रोसँग काम गर्न सकोस् ।
यसैगरी, सर्भिसिङका क्रममा कार्बोरेटर पनि जाँच गरिन्छ । कार्बोरेटरले इन्जिनलाई आवश्यकताअनुसार हावा र इन्धन पुर्याउने काम गर्छ । मोटरसाइकल कुद्नका लागि यसले इन्जिनलाई शक्ति दिन्छ ।
ब्रेक जाँच : ब्रेकको जाँचमा ध्यान दिन जरुरी छ । डिस्क ब्रेकवाला मोटरसाइकल छ भने ब्रेक आयल पनि चेक गर्नुपर्छ । यस्तो हुँदा ब्रेक नलाग्ने समस्या आउँदैन ।
चेन सफा : इन्जिनको पावरलाई पछाडिको पांग्रासम्म पुर्याउने काम चेनले गर्छ । त्यसैले यसलाई सफा राख्नुपर्छ । सफा गरेपछि यसमा हल्का ग्रिज लगाउनुपर्छ, ताकि यो चाँडै बिग्रने खतरा नहोस् ।
एयर प्रेसर जाँच : टायरको एयर प्रेसर जाँच गर्नुपर्छ । हावा कम वा धेरै हुँदा पनि बाइकको माइलेजमा असर गर्छ । एयर प्रेसरलाई समय–समयमा जाँच गरिराख्नुपर्छ ।
फ्युल पाइप चेक गर्ने : सर्भिसिङका क्रममा फ्युल पाइप पनि चेक गरिन्छ । फ्युल पाइप जाम भएको वा प्वाल परेको भए फेर्नुपर्छ । फ्युल लाइनमा अवरोध हुँदा इन्धन चुहिने, इन्धन सर्कुलरमा असर पुगेर स्टार्ट नहुने, बीचबीचमा बाइक बन्द हुनेलगायत समस्या देखिन्छन् ।
Post Views: 104