निजी व्यवसायी मर्कामा

– भेषबहादुर थापा, अध्यक्ष
सुन्दर यातायात

सबैभन्दा पहिला काठमाडौंमा २०७६ भदौ २३ मा विद्युत्ीय बसको उद्घाटन गरिएको थियो। सुन्दर यातायातका प्रमुख भेषबहादुर थापा मुलुकमा सबैभन्दा पहिला विद्युतीय सवारी भित्र्याएको दाबी गर्छन,  सुन्दर यातायातका आठ वटा बस काठमाडौंमा चल्छन्। काठमाडौं बाहिर १६ वटा गाडी सञ्चालनमा छन् भने ३ वटा रुटको खोजीमा छन्।

काठमाडौं सिन्धुली, बर्दिवास जनकपुर, बुटवलको बेहलिया बेलवासलगायतका रुटमा सुन्दर यातायात सञ्चालनमा छ।

विद्युत्ीय सवारी प्रवद्र्धनमा लाग्ने घोषणा गरे पनि सरकारले निजी व्यवसायीलाई सहयोग नगरेको उनको आरोप छ। ‘भाषण र दस्तावेज’ मा सम्पूर्ण सेवा उपलब्ध गराएको भनेर सरकारले प्रचार गरे पनि व्यवहार त्यस्तो नभएको उनको आरोप छ। ‘विद्युतीय सवारीका लागि सरकारको सपोर्ट छैन,’ उनले भने, ‘विद्युतीय यातायातमा हात हालेर निल्नु न ओकल्नु भएको छ।’

सुन्दर यातायातले साढे तीन रोपनीमा धुम्बाराहीमा चार्जिङ स्टेसन सञ्चालन गरेको छ। यसबाट अरूले पनि सेवा लिइरहेको उनले बताए।

सुन्दर यातायातले जस्तो सरकारले व्यवस्थित स्टेसन बनाउन नसकेको उनले दाबी गरे। ‘चार्जिङ स्टेसन निर्माणको पाटो पीडादायी छ,’ उनले भने, ‘प्राधिकरणले ३० देखि ४० लाखमा स्टेसन बन्ने दाबी गर्छ। तर निजीका हकमा एउटा चार्जिङ स्टेसन बनाउँदा कम्तीमा ६० देखि ७० लाख लाग्ने गरेको छ।’

हाइटेन्सन लाइन तारको प्रतिमिटर ४९ सय रुपैयाँ पर्छ। चार्जर जडान गर्दा १ सय २० मिटरभन्दा बढी किन्नु परेको थियो। भोल्टेज ट्रान्सफर्म कन्ट्रोलको एउटाकै ८० हजार पर्छ । मिटर आफ्नै पैसाले लिनुपर्छ।

मिटर जोडेबापत १ लाख १० हजार तिर्नुपर्छ। प्राविधिक शुल्क उस्तै महँगो छ। त्यसैले निजी व्यवसायी मर्कामा रहेको थापाको भनाइ छ।

प्राधिकरणले खम्बामा लगेर ट्रान्समिटर निःशुल्क जोडिदिए पनि पोल आफैं किन्नु परेको उनले आरोप लगाए।

‘सरकारले गलत प्रचार गरेको छ,’ थापाले भने,‘ फरक समयको फरक महसुल लिन्छ। सबैभन्दा सस्तो पैसामात्रै प्रचार गरेको छ।’ राति १० बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ २५ पैसा लिने गरेको तर,  सरकारले रातिको पैसा मात्रै प्रचार गरिरहेको उनले गुनासो गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *