यातायात व्यवसायीले सुरु गरेको आन्दोलन

आज माईतीघर मण्डलामा यातायात व्यवसायीले शान्तिपूर्ण रुपमा धर्ना र आमसभा सम्पन्न गरेको छ । यातायात क्षेत्र संग सम्बन्धित विभिन्न संघ-संस्थाहरुका साथ-साथै एफएनसीसीआईको पनि उपस्थिति रहेको थियो । सरकार विरुद्ध विभिन्न नारा लेखिएको प्लेकार्ड तथा कालो ब्यानरमा आन्दोलन गरिएको थियो । राष्ट्र बैंकको नितिका कारण अटो मोबाईल व्यवसाय अत्यन्त नाजुक अवस्थामा पुगेको कारण नाडाले उक्त धर्ना कार्यक्रम आयोजना गरेको हो ।

सवारी-साधनलाई बिलासिताको रुपमा लिएको कारण आयात प्रतिबन्ध गरे सँगै व्यवसायीहरु मारमा परेका हुन् । मंसिर १६ गते पत्रकार संमेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नाडाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । उक्त धर्ना कार्यक्रममा रिकन्डीसन व्यवसायी, टिपर व्यवसायी, मेकानिक्स व्यवसायी, हेभी ईक्युपमेन्ट व्यवसायी, सार्वजनिक यातायात व्यवसायी संगठनहरुको पनि उपस्थिति सहित सर्मथन रहेको थियो ।

कार्यक्रममा बोल्दै हेभी ईक्युपमेन्ट महासंघका संस्थापक अध्यक्ष तारा बहादुर कुँवरले बैंकहरुले यस्तो बेलामा धेरै मुनाफा खोज्नु नहुने धारणा व्यक्त गर्नुभयो । कुँवरले बैंकहरुले थुपारेको पैसा बाहिर निकाल्न पनि अनुरोध गरेको थियो । त्यस्तै नाडाका अध्यक्ष ध्रुव थापाले सम्पूर्ण यातायात व्यवसायीको समस्या बुझेर सरकारले तुरुन्त आवश्यक कदम चाली दिन पनि अनुरोध गर्नुभयो ।

यातायात व्यवसायीले आज देशका विभिन्न शहरमा एकैै साथ आन्दोलन गरेको छ । सरकारले बेलैमा यातायात व्यवसायीको माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *