विश्वमा टेस्ला पछिको सबैभन्दा बढि बिक्रि रेकर्ड भएको वुलिङ्ग कार विहिबार काठमाण्डौंमा सार्वजनिक गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले एक समारोहका बीच उक्त कारको अनभिल गरेका हुन् ।
इभि नेपाल मोटर्सले नेपालमा ल्याएको वुलिङ्ग कारलाई २४ लाख ९९ हजार र ३० लाख ९९ हजार मुल्य कायम गरिएको छ ।
२०० किलोमिटर र ३०० किलोमिटरको रेन्ज दिने दुई वटा मोडेल नेपालमा उपलब्ध गराइएको इभि नेपाल मोटर्सका प्रबन्ध निर्देशक एन के सरदले इअटोनेपाललाई बताए ।
वेस मोडेलको कारमा १७.३ किलोवाटको बेटी प्याक दिइएको छ भने टप मोडेलमा २६.७ किलोवाटको बेटी प्याक दिइएको छ । दुबै मोडेलमा ३० किलोवाटको मोटर दिइएको छ । ४ देखि ८ घण्टामा फुल चार्ज हुने यो कारमा १४५÷७० आर १२ को टायर दिइएको छ भने यसको ग्राउण्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।
कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ । यसको व्हिलवेस २०१० एमएम रहेको छ ।
२ वटा एअरव्याग रहेको उक्त कारमा हिलहोल्ड कन्टोल सिस्टम र भ्वाइस कमान्ड समेत रहेको छ । कम्पनीले आउँदो ३ बर्ष भित्र नेपालका ५० वटा विभिन्न ठाउँमा चार्जिङ्ग स्टेसन स्थापना गरिने बताएको छ । साथै बिक्रि पछिको सर्भिसको लागि २४ सै घण्टा उपलब्ध हुने गरी सर्भिस भ्यानको सुविधा उपलब्ध गराइने जानकारी पनि कम्पनीले गराएको छ ।
हाल काठमाण्डौंको नक्सालमा शोरुम सँचालन गरी बिक्रि प्रबन्ध मिलाइएको छ भने आगामि दिनमा अन्य शहरहरुमा डिलर सँजाल विस्तार गरी बिक्रि तथा बिक्रि पछिको सेवाको प्रवन्ध मिलाइने कम्पनीले जनाएको छ । कारको सार्वजनिक तथा शोरुम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, नाडाका अध्यक्ष धु्रब थापा, बैंकर अनिल केसरी शाह, एनआरएनका पुर्व अध्यक्ष भवन भट्ट लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।