<h4> आफ्नो सेगमेन्टमा दरिलो उपस्थिति जनाएको चीनीया ब्राण्डको जोनतेस मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ ।
विएस ६ स्ट्याण्डर्डको यो मोटरसाइकललाई नेपालमा आइरन मड्ढले आधिकारिक रुपमा उतारेको छ । १५५ सिसिको आयल कुल्ड इन्जिन भएको यो मोटरसाइकलले यो सेगमेन्टमा सबैभन्दा बढी अर्थात १९.०३ पिएस पावर सिर्जना गर्दछ । जसले १६ एनएम टर्क दिन सक्षम हुनेछ ।
६ वटा गियर रहेको जोनतेस मोटरसाइकलको सिट हाइट ८०० एमएम रहेको छ भने ग्राउण्ड क्लियरेन्स २१५ एमएम रहेको छ ।
चोरी हुन नसक्ने प्रविधियुक्त चाबिरहित इन्ट्रि सम्भव भएको यो मोटरसाइकलमा प्रिमियम एडभेन्चर राइडका लागि उपयुक्त हुने क्रस स्पोक व्हिल दिइएको छ ।साथै आलुमिनियम एलोय व्हिलमा पनि उपलब्धहुने जोनतेस बाइकको नेपालका लागि आधिकारिक विक्रेता आइरन मड्ढका फाउन्डर कलस तुलाधारले अटोनेपाललाई बताए ।
सुपरबाइकका लागि उपयुक्तहुने १० एएच क्षमताको बेट्री यो बाइकमा प्रयोग भएको छ । यो बाइकमा तापक्रमको सेन्सर, एफआइ प्रविधि, खिया नलाग्नका लागि जिंक कोटेड ट्याँकि, ड्युल च्यानल एबिएस सहित ३०० एमएमको ठुलो डिस्क ब्रेक इत्यादि फिचर समावेस छ ।
आवस्यक जानकारी डिस्प्ले गर्ने एलसिडि इन्स्टुमेन्ट प्यानेल भएको, दुइवटा युएसवि चार्जिङ्ग पोर्ट र सबै लाइट सिस्टममा एलइडि लाइट प्रयोग भएका छन् ।
जोनतेस बाइकको नेपालका लागि आधिकारिक वितरक आइरन मड्ढका बजार व्यवस्थापक सफल सुवेदीले बिक्रि पछिको सेवाको लागि उत्कृष्ट सेवा प्रवाह गरिने बताएका छन् ।
प्रायः बाइक खरिद गरेपछि युवापुस्ताले अतिरिक्त एक्सेसरिजका लागि थप रकम खर्चेको पाइन्छ । तर यो बाइकमा अधिकाँस एक्सेसरिजहरु पहिले नै कम्पनीले फिटिङ्ग गरेको छ ।
डायमण्ड कट एलोय व्हिल भएको बाइकको मुल्य ५,३९,९०० र क्रस स्पोक व्हिल भएको बाइकको मुल्य ५,९९,९०० कायम गरिएको कम्पनीले जनाएको छ ।
जोनतेक नेपालको हाल काठमाण्डौंको टेकुमा शोरुम सँचालन गरिएको छ भने निकट भविष्यमा नेपालका अन्य शहरहरुमा पनि डिलर विस्तार गरिने कम्पनीले जनाएको छ ।
जोनतेस बाइक चीनमा उत्पादन हुने भएता पनि विश्वका १ सय मुलुकमा बिक्रिवितरण भइरहेको छ ।