शनिवार पुराना गाडीहरुको र्‍याली हुँदै

यही आउने शनिवार भिन्टेज गाडीहरुको र्‍याली हुने भएको छ । क्लासिक कार एण्ड बाइकहरु सहभागी हुन पाउने उक्त र्‍याली “भिन्टेज एण्ड क्लासिक व्हील्स नेपाल” ले आयोजना गर्दैछ । उक्त कार्यक्रममा २० वर्ष पुराना मोटरसाईकल तथा कारहरु सहभागी हुन पाउने छन् । कार्यक्रम बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा समापन हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि रु १ हजार ५ सय शुल्क तिर्नु पर्नेछ भने सहभागी सबैलाई मास्क, टिसर्ट, ब्रेक फास्ट, स्टीकर आदि सामाग्री प्रदान गरिने छ । कार्यक्रम बिहान सात बजे सुरु हुनेछ । पुराना गाडीहरुको सँरक्षण, सम्बन्र्धन तथा प्रबर्धनको निमित्त यो र्‍याली आयोजना गर्न लागेको संस्थाका अध्यक्ष ट्वीकंल न्याछोले बताउनु भयो ।

कार्यक्रम संयोजक रोनिस मर्हजनका अनुसार यो र्‍यालीलाई आगामी दिनमा पनि निरन्तरता दिईने छ । आगामी दिनमा र्‍यालीलाई रातको समयमा पनि आयोजना गरिने छ ।

रजिट्रेसनका लागि निम्न व्यक्तिहरुलाई सम्र्पक गर्न सकिने छ :
अभिषेक कार्की ९८४९७२११०२
किरण ९८१३५७१७७७
रोनिश मर्हजन ९८५११७०८५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *