अटोमोबाइलमा ३० प्रतिशत कर्मचारी कटौती 

अटोमोबाइल सोरुम तथा सर्भिस सेन्टर बन्द हुँदा हजारौँ कर्मचारी बेरोजगार बनेका छन् ।

अहिले अटो व्यवसायमा प्रत्यक्ष रूपमा एक लाखले रोजगारी पाइरहेको नाडाको तथ्यांक छ ।

अटोमोबाइल व्यवसाय सुस्ताउँदा देशभरबाट स्थायी र अस्थायी रूपमा गरी २५ हजारभन्दा बढी कर्मचारी कटौती भइसकेको नाडाका अध्यक्ष थापाले बताए । ‘कारोबार सुस्ताएपछि आम्दानी छैन, खर्च कसरी धान्ने ?’ उनले भने, ‘मेरोमै करिब एक सय ४० कर्मचारी थिए, सञ्चालन खर्च थेग्न नसकेर ७०–७५ मा झारिसकेको छु ।’

अहिले स्थायी र अस्थायी गरी देशभरका डिलरहरूले करिब ३० प्रतिशत कर्मचारी कटौती गरेका छन् ।

‘२० जना कर्मचारी हुनेले १५ जनालाई बिदा गरिसकेको अवस्था पनि छ, कतिपयले १५ दिनको मात्र तलब दिएर कर्मचारी राख्न बाध्य छन्, कतिपयले बेतलबी बिदा दिइसकेका छन्,’ नाडाका महासचिव उप्रेतीले थपे, ‘अवस्था सहज भएन भने अझै धेरै रोजगारी कटौती हुन्छ ।’

अटोमोबाइल क्षेत्रमा अप्रत्यक्षसमेत गरी १० लाख मान्छे जोडिएको र अहिलेको संकटले धेरैको रोजीरोटी गुम्ने अवस्था आएको नाडाको भनाइ छ ।

अहिले देखिएको संकट कोभिड महामारीभन्दा पनि डरलाग्दो बनेको नाडा अध्यक्ष थापाले गुनासो गरे ।

उनले भने, ‘कोभिडमा कर्मचारीलाई अस्थायी बेतलबी बिदा दिएका थियौँ, अहिले स्थायी रूपमै कर्मचारी कटौती गर्नुपर्ने बाध्यता आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *