उडान इ रिक्सा नेपाल प्रवेश गर्दै

पछिल्लो समय नेपालमा पनि इरिक्साको प्रयोग ह्वात्तै बढेको पाइन्छ ।

विशेष गरी तराइ क्षेत्रको लागि विगत केहि बर्षदेखी इरिक्साको प्रयोग बढेको देखिन्छ । व्यक्तिगत रुपमा यात्रा गर्न वा सामुहिक यात्रा गर्न इरिक्साले तराईमा निक्कै सहयोग पुर्याएको छ ।

काठमाण्डौंको ट्याक्सी वा पठाओले गर्ने काम इरिक्साले तराइमा गरिरहेको छ भन्दा अत्युक्ति नहोला ।

तराइमा समथर भुमीहुँदा बाटो पनि प्रायः सबैतिर राम्रै हुने हँुदा इरिक्साको प्रयोग बढी भएको हुन सक्ने आंकलन गर्न सकिन्छ ।

तराइमा मात्र नभई नेपालका पहाडी भुभागमा आजभोली सडक संजालको विकास तथा विस्तार भईरहेकोले यस्ता इरिक्साको प्रयोग अझै बढ्ने अनुमान लगाउन गाह्रो नहोला ।

यसै कुरालाई मन नगर्दै भारतको इरिक्सा उत्पादन कम्पनी उडानले पनि नेपालमा व्यापार विस्तारको प्रयास गरिरहेको छ ।

शुक्रबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा जारी इभि नेपाल एक्स्पोमा सहभागिता जनाउन नेपाल आएको उक्त कम्पनीले नेपालमा वितरक वा एसेम्बल गर्न सक्ने व्यवसायीको खोजी गरिरहेको कम्पनीका सेल्स हेड रबी ओमारले इअटोनेपाललाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *