टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको नयाँ एडिशन सार्वजनिक गरको छ । हाल भारतमा सार्वजनिक भएको नयाँ एडिशनको अपाचे आरटीआर नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । टीभएसले अपाचे आरटीआर १६० फोर भीको ‘स्पेशल’ एडिशन सार्वजनिक भएको जनाएको हो । सो मोटरसाइकलमा नयाँ ग्रफिकको प्रयोग गरिएको छ भने यसमा नयाँ फिचर थप गर्नुका साथै नयाँ कलर अप्सन समेत दिइएको छ ।
आरटीआर १६० फोर भीको स्पेशल एडिशनमा सामान्य मेकानिकल परिर्वतन गरिएको छ जसमा नयाँ ‘फ्रस्ट इन सेग्मेन्ट’ फिचर थप गरिएको छ । यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९।७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १७।४ पीएस पावर ८००० आरपीएममा र १४।७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । सो बाइकमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा एडजष्टेल ब्रेक तथा क्लच लिभर
पनि रहेको छ ।
नयाँ आरटीआर १६० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४५ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।