इभी नेपाल एक्स्पोको आज अन्तिम दिन

काठमाडौंको भृकुटीमण्डपमा इभी नेपाल एक्स्पोको आज अन्तिम दिन हो । एसडी एक्स्पो मिडियाको आयोजनामा आज शुक्रबारदेखि सुरु भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ।

एसडि एक्स्पोको आयोजनामा काठमाण्डौंको भृकुटीमन्डपमा शुक्रबारदेखि सुरु भएको ३ दिनसम्म सञ्चालन भइरहेको छ ।

नेपालमा पहिलो पटक अन्तराष्ट्रिय इभी एक्स्पो भइरहेको उक्त मेलाको उद्घाटन सपना राेकाया मगर र कुलमान घिसिङ्गज्यूबाट भएको थियो ।

नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा विद्युतीय कार, स्कुटर, मोटरसाइकल र साइकल, बस, ट्रयाक्टर, विद्युतीय चार्जिङ स्टेसन, ब्याट्रीलगायत अन्य विद्युतीय सामग्रीहरू राखिएको छ।

एसडि एक्स्पो मिडियाका सिनियर म्यानेजर नारायण क्षेत्रीका अनुसार भारतबाट मात्रै करिब ५० भन्दा बढी कम्पनीहरुले सहभागिता जनाएको उनले बताए ।

एक्स्पोको सहआयोजकको रूपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ।

एक्स्पोलाई अटो नेपाल – मासिक पत्रिका, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डटकम र इभी ड्राइभ द फ्युचरले सहकार्य गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *