नेक्सट जेनेरेशन फोर्ड र्याहप्टर सार्वजनिक

अमेरिकी अटोमोवाइल कम्पनी फोर्ड मोटर्सले आफ्नो हाई प्रफर्मेन्स पीकअप र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि फोर्ड मोटर्सको आधिकारीक वितरक जीओ फोर्डले र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा भित्राएको छ । बिशेष गरी अफरोड प्रयोगको लागि डिजाइन गरिएको र्‍याप्टरले अफरोड र अनरोड सबैखाले बाटाहरुमा आरामदायी तथा सुरक्षित यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । पहिलेको तुलनामा नयाँ फोर्ड र्‍याप्टर निकै आकर्षक पनि रहेको छ ।

फोर्डको नयाँ जेनेरेशन र्‍याप्टरमा ३।० लिटरको ईकोबुष्ट भिसिक्स पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले ३९७ पीएस पावर तथा ५८३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा १० स्पीडको अटोमेटिक ट्रास्मीसन उपलब्ध रहेको छ । यसमा ट्रिपल क्लच असेम्ब्ली प्रयोग गरिएको छ जसले गर्दा कडा गियर अनुपात र द्रुत गियर परिवर्तनहरूको लागि सहज गर्दछ । फोर्ड र्‍याप्टरमा फोर ह्वील ड्राइभ प्रणाली पाउन सकिन्छ भने यसमा भएको मिड ट्राभल सस्मेन्सन सिस्टम तथा अल टेरेन टायरले अफरोड र अनरोड ड्राइभिङलाई पनि सहज बनाउन मद्दत गर्दछ ।

फोर्ड र्‍याप्टरको लम्बाई ५३६० एमएम, चौडाई २०२८ एमएम, उचाई १९२६ एमएम, ग्राउण्ड क्लियरेन्स २८० एमएम र ३२७० एमएमको ह्वीलवेस रहेको छ । यसमा ८० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन २६९९ केजी रहेको छ । र्‍याप्टरले १०(१५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको र्‍याप्टरले २।५ टनसम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ भने यसलाई ८५० एमएम गहिरो पानीमा समेत गुडाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *