फ्राँकलिन कोरो २ सयको रेन्जमा

नेपालमा २ सय किलोमिटर रेन्ज दिने भारतीय स्कुटर फ्राँकलिन कोरो  आएको छ ।

शुक्रबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा चलिरहेको इभि नेपाल एक्स्पोमा भारतीय कम्पनी फ्राँकलिन इभि इण्डियाले २ सय किलोमिटर रेन्ज भएको कोरो मोडेलको स्कुटर प्रदर्शन गरेको छ ।

भारतको हैंदरावादमा सन २०१९ देखि विद्युतीय स्कुटर उत्पादन गरिरहेको उक्त कम्पनीले नेपालमा बजार विस्तार गर्ने उद्देश्यले उक्त एक्स्पोमा सहभागी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एभिनविन कुमारले इअटोनेपाललाई बताए ।

नेपालमा राम्रो व्यावसायिक सँजाल भएको र व्यावसायिक अनुभव भएको साझेदारीको खोजी गरिरहेको नविनकुमारले बताए ।

कम्पनीले हालसम्म विभिन्न ६ मोडेलहरुका स्कुटर उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *