नेपाल मै बन्छ विद्युतीय तीनपाँग्रे सवारीसाधन

विश्वबजार नै विद्युतीय सवारीसाधनको प्रयोगमा अघि बढिरहेको परिपेक्षमा नेपाल मै पनि त्यस्ता सवारीसाधन उत्पादन हुन थालेका छन् ।

मधेस प्रदेशको जनकपुरमा विगत ४ बर्षदेखि विद्युतीय तीनपाँग्रे सवारीसाधन (अटोरिक्सा) उत्पादन भइरहेको छ ।

मिथिला अटो क््रयाफ्ट, जनकपुरले सवारी बोक्ने ११ सिटे अटोरिक्सा र १ टन क्षमताको लोडर उत्पादन गरिरहेको कम्पनीका निर्देशक रिसिकेश शाहले इअटोनेपाललाई बताए ।

हाल विभिन्न नगरपालिकाहरुले हाइड्रोलिक सिस्टम भएको तीनपाँग्रे लोडर खरिद गरेर प्रयोग गरिरहेको निर्देशक शाहले जानकारी दिए ।

हाइड्रोलिक सिस्टम नभएको लोडर रिटेलर गर्ने व्यवसायीका लागि पनि उत्पादन गरिरहेको उनले बताए ।

उक्त कम्पनी विद्युतीय लोडर बनाउने नेपालको पहिलो र एकमात्र उत्पादक भएको शाहको दावी छ ।

हाल तराइका केहि निश्चित शहरहरुमा मात्र डिलर मार्फत बिक्रि वितरण गरिएको भएपनि अबका दिनमा काठमाण्डौं लगायत मुलुक भरी डिलर सँजाल विस्तार गर्ने योजना भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *