ईभी नेपाल एक्सपो २०२२ मा धेरै सुविधा

नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति धेरै सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताउछन् ।

लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेइकलले हाल सस्तोमा ७५ हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म पर्ने इलेक्ट्रिक स्कुटर तथा सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

जम्बो इकोले लिथियम आयोनयुक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकलका साथै शारीरिक रुपले अशक्त व्यक्तिका लागि इलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।

चीन लगायत अन्य मुलुकबाट इलेक्ट्रिक लगायत अन्य सवारी साधन आयातमा समस्या देखिए तापनि जम्बो इकोले ग्राहकले रोजी–छानी इलेक्ट्रिक स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *