विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नोभेम्बर २४ तारिकमा काठमाडौंमा भएको थियो ।
कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता रहेको थियो ।विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ ।
ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिब स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार भइरहेका छन्।
काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांबलेकम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए ।
बीवाइडीको न्यूइनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।’
त्यस्तै, कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी छन् ।
नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये१० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’
बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्रप्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्तकार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिब भएको जानकारी दिएका थिए ।
साइमेक्स इंक नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारीक वितक हो । साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगंज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ ।