ईभी नेपाल एक्सपोमा निकैं महंगो स्कुटर

नेपालमा पायोनियर वर्ल्ड वाइड प्रालिले इकुटर ब्रान्डको निकैं महंगो स्कुटर भित्र्याएको छ ।

चीनमा उत्पादन भएको अष्टियन ब्रान्ड इकुटरको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ८ किलोवाटको इनर रोटर हाई स्पिड सेन्टर मोटर रहेको छ ।

यसमा भएको ६४ भोल्ट ४२ एम्पियरको ब्याट्रीले १७० किलोमिटर भन्दा बढी माइलेज दिने बताइएको छ ।

ड्युअल च्यानल एबीएस भएको सो स्कुटरमा मोबाइलको सिम प्रयोग गरी स्कुटर ट्रयाक गर्ने र अन्य विविध गतिविधि निगरानीमा राख्न सकिन्छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा सो स्कुटर अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *