विद्युतीय सवारीसाधनलाई चाहिने मोटर र कन्टोलरको उत्पादन गरिरहेको विर्य मोविलिटीले नेपालमा आफ्नो व्यापार बढाउन खोजिरहेको छ ।
शुक्रबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा सँचालन भइरहेको इभि नेपाल एक्स्पोमा सहभागिता जनाउन आएको उक्त कम्पनीले विद्युतीय सवारी साधनलाई चाहिने मोटर र कन्टोलरको उत्पादन गर्दछ ।
नेपालमा पनि पछिल्लो समय विद्युतीय सवारी साधन प्रतिको आकर्षणलाइ हेर्दा नेपाल मै अब एसेम्बल गर्ने सम्भावनालाई मध्यनजर राख्दै कम्पनीले एक्स्पोमा सहभागिता जनाएको बताएको छ ।
कम्पनीका अनुसार पश्चिम नेपालमा केही एसेम्बल कम्पनीले आफ्नो उत्पादन प्रयोग गर्ने गरेको छ । तर समग्रमा नेपालभरी आफ्नो व्यवसाय विस्तारका लागि उक्त मेलामा सहभागी भएको विर्य मोविलिटिका एक्जेक्युटिभ विक्रान्त मैनीले इअटोनेपाललाई बताए ।