इभी एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधनहरु

एसडि एक्स्पोको आयोजनामा काठमाण्डौंको भृकुटीमन्डपमा भइरहेको उक्त मेलामा विभिन्न विद्युतीय सवारीसाधन, तिनमा लाग्ने सरसामान, बेट्री, चार्जर, चार्जिङ्ग स्टेसन सम्बन्धि उपकरण, वर्कशप सम्बन्धि उपकरण तथा औजारहरु लगायतको प्रदर्शनी हुनेछ ।

एसडि एक्स्पो मिडियाका सिनियर म्यानेजर नारायण क्षेत्रीका अनुसार भारतबाट मात्रै करिब ५० भन्दा बढी कम्पनीहरुले सहभागिता जनाएको उनले बताए ।

मेलामा विद्युतीय सवारीसाधनका उत्पादक कम्पनी, तिनका डिलर तथा डिष्ट्रिव्युटर, चार्जिङ्ग स्टेसन सम्बन्धि कम्पनीहरु, सवारीसाधनका खरिदकर्ता तथा आम जनता, निर्माण व्यवसायीहरु, वातावरण क्षेत्रमा काम गर्ने निकायहरु, शिक्षा तथा अनुसन्धान प्रतिष्ठानहरु, आयात तथा निर्यात कम्पनी तथा एजेन्टहरु, कर्पोरेट हाउसहरु, मिडियाहरु लगायतको समेत सहभागिता भएको छ ।

उक्त मेलाबाट नेपालमा डिलर तथा डिष्ट्रिव्युटर लिन चाहने वा सवारीसाधन खरिद गर्न चाहने दुबै पक्षको लागि फाइदा पुग्ने म्यानेजर क्षत्रीले बताए ।
पछिल्लो समयमा विश्वबजारमा जस्तै नेपालमा पनि विद्युतीय सवारीसाधन प्रति आम उपभोक्ताहरुको आकर्षण बढ्दै गइरहेको छ ।

उक्त मेला पश्चात नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधनहरु विशेषगरी कार तथा स्कुटरहरुको आगमन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *