सम्भवतः नेपालकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको स्कुटर नेपाल आइपुगेको छ ।
शुक्रबारदेखि काठमाण्डौंको भृकुटी मण्डपमा जारी इभि नेपाल एक्स्पोमा सहभागिता जनाउन नेपाल आइपुगेको इनिग्मा इलेक्टिक स्कुटरको ग्राउण्ड क्लियरेन्स हालसम्मकै उच्च रहेको छ ।
विभिन्न ७ बटा मोडेलमा स्कुटर उत्पादन गरिरहेको उक्त कम्पनीका सबै स्कुटरहरुमा २ सय एमएमभन्दा बढी नै ग्राउण्ड क्लियरेन्स रहेको छ ।
उक्त कम्पनीको एनएट मोडेलमा त ३ सय ७० एमएम ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जारी गरेको ब्रोसरमा देख्न सकिन्छ ।
नेपाली बाटोमा बढी ग्राउण्ड क्लियरेन्स भएका स्कुटर नै बढी रुचाइएका छन् ।
यति हुदाँहुदै पनि बुट स्पेश पनि प्रशस्त रहेको छ । एउटा हेलमेट राख्नको लागि पुग्ने गरी २० लिटरको बुट स्पेश भएकाले पनि उक्त स्कुटर धेरैको रोजाइमा पर्न सक्छ ।
भारतमा बनेको भएर पनि यस कम्पनीका उत्पादनहरु अति गुणस्तरीय भएको उक्त कम्पनीका निर्देशक अर्लाक्रित बोहरेले इअटोनेपाललाई बताए ।
नेपाली बजारमा त्यत्तिको गुणस्तरीय विद्युतीय स्कुटर नआइसकेकोले आफ्नो उत्पादनको बजार नेपालमा राम्रो हुने आशा उनले गरेका छन् ।
राम्रो गुणस्तरको हुँदा हुदै पनि मुल्य पनि प्रतिष्पर्धात्मक हिसाबले अन्य ब्राण्डको तुलनामा सस्तो समेत भएको उनको दावी छ ।
भारतको मध्य प्रदेशमा अवस्थित भोपालमा यसको कम्पनी रहेको र यसको बार्षिक उत्पादन क्षमता करिब २५ हजार स्कुटर रहेको निर्देशक बोहरेले बताए ।