हामी नेपाल मै एसेम्बल प्लान्ट लगाउन चाहन्छौं

– सेतुल शाह, फाउण्डर

रनर इलेक्टिक स्कुटर, भारत

 

विगत केही बर्षदेखि भारतमा विद्युतीय स्कुटरहरु उत्पादन तथा वितरण गरिरहेको रनर इलेक्टिक स्कुटरले नेपालमै एसेक्बल प्लाण्ट राख्ने इच्छा व्यक्त गरेको छ ।

शुक्रबारदेखी काठमाण्डौंको भृकुटीमण्डपमा चलिरहेको इभी नेपाल एक्स्पोमा सहभागिता जनाउन नेपाल आइपुगेको उक्त कम्पनीले नेपालमा पार्टनर खोजिरहेको बताएको छ ।

उक्त कम्पनीले सम्पुर्ण पार्ट्सहरु भारतमा नै उत्पादन गरेर स्कुटर तयार गर्ने गर्दछ । उत्पादित स्कुटरको गुणस्तरमा आफ्नो विशेष चासो रहेको कम्पनीका फाउण्डर सेतुल शाहले इअटोनेपाललाई बताए ।

हाल एउटा मात्र मोडेलको स्कुटर उत्पादन गरेता पनि केही महिना भित्र थप २ वटा मोडेलहरु लञ्च गर्न लागेको फाउण्डर शाहले जानकारी दिए ।

हाल कम्पनीले १ सय किलोमिटर रेन्ज र ६० किमिको अधिकतम गति भएको स्कुटर उत्पादन गरेर बिक्रि वितरण गरिरहेको छ ।

भारतमा ग्राहकले बेटी चार्ज गर्न नपर्ने गरि सिस्टम विकास गरेको कम्पनीले जनाएको छ । बेटीको चार्ज कम भएमा वा सकिएमा स्वापिन सेन्टरमा तुरुन्तै बेटी रिप्लेस गर्न सकिने सिस्टम भारतमा गरिरहेकोले नेपालमा पनि त्यसै अनुसार गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *