नयाँ सात कार लन्च हुँदै

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर भारतीय अटो इन्डस्ट्रीले एसियाकै ठूलो अटो सो ‘दिल्ली अटो एक्स्पो’ आयोजना गर्दैछ ।

उक्त एक्स्पोमा विभिन्न नयाँ अवधारणासहितका नयाँ र अद्यावधिक गरिएका कार लन्च हुनेछन् । यहाँ ती लन्च हुन लागेका सात कारबारे चर्चा गरिएको छ । यीमध्ये तीन मारुती सुजुकी मोडेल, हुन्डाई, टोयोटा, एमजी र होन्डाका रहेका छन् ।

मारुती सुजुकी बलेनो क्रस 
मारुती सुजुकी बलेनो क्रस नयाँ कम्प्याक्ट एसयुभी कार हुनेछ । यो कार इन्डो–जापानिज अटोमेकरले भारतमा बनाएका हुन् । मारुती वाइटिबी कोड दिइएको यो मोडेल पहिलोपटक दिल्ली अटो एक्स्पो–२०२३ मा राखिने बताइएको छ ।

यसलाई यसको ‘नियर प्रडक्सन’ अवतारमा राखिनेछ । बलेनो क्रसले सुजुकीको ग्लोबल–सी प्लाटफर्मका साथै बुस्टरजेट पेट्रोल इन्जिनको फिर्तीलाई मार्क गर्नेछ । यसपटक पेट्रोल इन्जिनले बिएस–६ को उत्सर्जन स्ट्यान्डर्डलाई पछ्याउनेछ । यसमा १.० लिटर पेट्रोल टर्बोचाज्र्ड र १.२ लिटर प्राकृतिक पेट्रोल इन्जिन हुनेछ भने म्यानुअल र अटोमेटिक गियरबक्ससमेत हुनेछ ।

मारुती सुजुकी जिम्मी
इन्डो–जापानिज अटोमेकरले दिल्ली एक्स्पोमा फाइभ–डोर भर्सन सुजुकी जिम्मी राख्नेछ । यो मोडेल आगामी वर्षको सुरुवातमै उत्पादनमा गई २०२३ दोस्रो त्रैमाससम्म लन्च हुन सक्नेछ । यो फाइभ–डोर जिम्मी कार नेक्सा डिलरमार्फत बिक्री हुने बताइएको छ ।

अफ रोड एसयुभीमा नयाँ १.५ लिटर के–१५सी प्राकृतिक ग्यासोलाइन इन्जिनसहित मिल्ड हाइब्रिड टेक्नोलोजी हुनेछ । मारुती जिम्मीमा पाँच स्पिड म्यानुअल गियरबक्स वा ६ स्पिड अटोमेटिक टक्र्यु कन्भर्टर हुनेछ । यो सुजुकीको अलिग्रिप प्रो एडब्लुडी सिस्टमसँग आउनेछ ।

मारुती सुजुकी स्विफ्ट न्यु जेनेरेसन
मारुती सुजुकी स्विफ्टको पहिलो लुक्स जनवरीमा हुने दिल्ली अटो एक्स्पोमा लन्च हुने बताइएको छ । ह्याचब्यागमा कन्प्रेहेन्सिभ डिजाइन परिवर्तन र हाइब्रिड पावरट्रेनका साथ फिचर्स अपग्रेड हुनेछ ।

यदि पूर्वानुमानलाई मान्ने हो भने स्विफ्ट १.२ लिटर प्राकृतिक ग्यास एस्पिरेटेड पेट्रोल र १.२ लिटर मिल्ड हाइब्रिड टेक्नोलोजी पावरट्रेनसहित आउनेछ । विश्वव्यापी रूपमा सुजुकीले पावरफुल १.४ लिटर बुस्टरजेट टर्बो पेट्रोल इन्जिनसँगै न्यु जेनेरेसन स्विफ्ट स्पोर्ट इन्ट्रोड्युस गर्नेछ ।

हुन्डाई भर्ना न्यु जेनेरेसन
हुन्डाईको न्यु जेनेरेसन भर्ना कार पनि दिल्ली अटो एक्स्पोमा क्रेटा फेसलिफसँगै राखिने अनुमान गरिएको छ । सेडानको अपडेटेड भर्सन ११५ बिपिएच १.५ लिटर पेट्रोल, १२० बिपिएच १.४ लिटर टर्बो पेट्रोल र ११५ बिपिएच १.५ लिटर डिजलमा उपलब्ध हुनेछ । सन् २०२३ मा हुन्डाई भर्ना माइल्ड हाइब्रिड टेक्नोलोजी प्रविधिसँगै सार्वजनिक हुने अड्कल गरिएको छ, जसमा अटो स्टार्ट, स्टार्ट टेक्नोलोजी र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम हुनेछ ।

टोयोटा इनोभा हाइक्रस
नयाँ टोयोटा इनोभा हाइक्रस यही वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा वैश्विक रूपमा सार्वजनिक हुनेछ । तर, भारतमा हाइब्रिड एमपिभीको सेल सन् २०२३ को जनवरीमा हुनेछ । सो कार ल्याडर फ्रेम चेसिसको सट्टा अत्याधुनिक मोनोक्यु आर्किटेक्चरमा डिजाइन गरिएको हुनेछ ।

इनोभा हाइक्रस हाइब्रिड टेक्नोलोजीसहित २ लिटर पेट्रोल इन्जिनमा हुनेछ । यो कार एफडब्लुडी सिस्टममा आउनेछ । यस्तै, कारको पछिल्लो भागमा फ्ल्याट फ्लोर हुने बताइएको छ । यसबाहेक ३६० डिग्रीको क्यामेरा, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ र अन्य थुप्रै कुरा हुनेछन् ।

एमजी सिटी इभी
एमजी सिटी इभी आगामी नयाँ इलेक्ट्रिक कारको ब्रान्ड बन्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा यसको मूल्य ११ लाखदेखि १५ लाख भारुसम्म हुने बुझिएको छ । नयाँ एमजीले टाटाको टियागो, टिगोर र नेक्सनलाई टार्गेट गर्नेछ । सिटी इभी चिनियाँ बजारमा बेचिएको वुलिङ एयर इभीको रिब्याज भर्सन हुनेछ ।

होन्डा कम्प्याक्ट एसयुभी
जापानिज अटोमेकरले भारतीय बजारमा एसयुभीका दुईवटा कार उतार्ने योजना बनाइरहेका छन् । यसैमध्येको एकले हुन्डाईको क्रेटा, मारुतीको ग्रान्ड भितारा र टोयोटाको हाई राइडरलाई चुनौती दिनेछ ।

अर्कोले टाटा नेक्सन, मारुती ब्रेजा र हुन्डाई भेन्युलाई चुनौती दिने बताइएको छ । होन्डाको अर्को नयाँ कम्प्याक्ट एसयुभी १.५ लिटर एटकिन्सन साइकल, चार सिलिन्डर ग्यासोलाइन इन्जिन र दुई मोटरसहित आउने सम्भावना छ ।

-एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *