हिट्को प्रालिले पुरा गर्याे ४७ वर्षको यात्रा

अटोमोबाइल र मेटरियल ह्यान्डलिङ सम्बन्धी विभिन्न उपकरण नेपालमा बिक्री–वितरण गरिरहेको हिट्को प्रालिले नेपालमा उपकरण बिक्री गर्न लागेको ४७ वर्ष पुरा भएको छ । ४८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा हिट्कोले आगामी दिनमा अझै ग्राहकमैत्री बन्ने र ग्राहकको सेवामा थप समर्पित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधान भन्छन्, ‘हामी अहिले यो अवस्थामा आउनमा ग्राहक वर्गको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा समेत उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो नीतिप्रति हामी प्रतिवद्ध छौ ।’

हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ । कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ । पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरण समेत यो कम्पनीले उपलब्ध गराउदै आएको प्रधान बताउछन् । जसकालागी यो कम्पनीले नेपाली बजारमा उपलब्ध बीवाईडी, नेटा, एमजी मोटर आदिसँग कम्पनीले सहकार्य गरिरहेको छ ।

समयक्रममा नयाँ प्रविधि भित्रिएसँगै त्यसै अनुसारको उपकरण समेत भित्र्याइरहेको छ । शुरुमा हिट्को सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । पछि यसले अन्य प्रकारका उपकरण समेत आयात गर्न सुरु गरेको हो । हिट्को प्रालिले हाल एल्गी र एटिएस–एल्गी कम्पनीले उत्पादन गरेका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । खासगरी सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *