हुन्डाई मोटर कम्पनीले डिजिटल वर्ल्ड प्रिमियर फिल्मसहितको Ioniq 6 स्पोर्टी इलेक्ट्रिक सेडान सार्वजनिक गरेको छ ।
हुन्डाईले WLTP मापदण्ड अनुसार Ioniq 6 ले ६१० किलोमिटरभन्दा बढीको अनुमानित सबै विद्युतीय दायरा प्रदान गर्ने बताएको छ।
यसमा हुन्डाईको अहिलेसम्मकै सबैभन्दा एरोडायनामिक स्टाइल र व्यक्तिगत ड्राइभिङ अनुभव बढाउन डुअल कलर एम्बियन्ट लाइटिङ, स्पीड सिङ्क लाइटिङ, ईभी पर्फमेन्स ट्युन-अप र इलेक्ट्रिक एक्टिभ साउन्ड डिजाइन (ई-एएसडी) जस्ता रोचक सुविधाहरूको एर्रे पनि छ।
डुअल कलर एम्बियन्ट लाइटिङले चालकलाई ६४ रङ र छ वटा पूर्व- चयनित विषयवस्तुहरूको स्पेक्ट्रमबाट छनोट गरी भित्री क्याबिनको लुक र अनुभवलाई अनुकूलन गर्न अनुमति दिन्छ। स्पीड सिंक लाइटिङ मोडले गाडीको गतिको आधारमा पहिलो पङ्क्तिमा भित्री प्रकाशको चमक परिवर्तन गरेर ड्राइभिङ अनुभवमा भावना थप्छ।