नयाँ इभी ह्वाजी नेपाल आउदै
हिमालयज भेइकल भेन्चर प्रा.ली. ले ह्वाजी (HUAZI) ब्राण्डको इभी ल्याउने भएको छ । यो इभी चाइनाको ह्वाजी कम्पनीले बनाएको कार हो । आगामी महिनाको अन्तसम्ममा यो गाडी नेपाल भित्रीने कम्पनीले जनाएको छ । यो मिनि इभी तथा सिटी कार हो । यसमा १८.४३ किलोवाटको लिथियम आयन व्याट्रीको प्रयोग भएको छ । १८० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो गाडी फुल चार्ज गर्दा २१९ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । छाेटाे दुरीको शहरको यात्रा गर्नको लागी उपयुक्त हुने यो कार आर्कषक मुल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो विद्युतिय सवारी नेपालमा ल्याउनको लागी कम्पनीले बानेश्वरमा शो-रुम तथा सर्भिस सेन्टर बनाइरहेको छ ।
यो इभी डुअल टोन कलरमा आउँछ । लेदर सिट, एलइडी स्क्रिन, एबिएस, इबिडी, -याम्प एसिस्ट, एसी, कि लेस स्टार्ट, हाइ पोजिसन ब्रेक ल्याम्प, सेटेलाईट नेभिगेसन सिस्टम, अटोमेटिक ट्रिप लक, टायर प्रेसर मनिटरिङ, इन्टेरियर सेन्टर लक लगायतका धेरै सिस्टम गाडीमा रहेका छन् ।