टाटाका विद्युतीय गाडी किन्न एनएमबि बैंक

एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्ने बैंकले जनाएको छ । यस अन्तर्गत ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे बताएको छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजना; ब्यवसायसँगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि भएको बताइएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *