नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ज्योति विकास बैंकबीच यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
अब सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाटम नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।