टीभीएसले यस वर्ष भारतीय बजारमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोडल ल्याउने तयारी गरेको छ । यसका लागि कम्पनीले नयाँ दुई पाङ्ग्र्रे सवारी साधनको उत्पादन बढाउन ७०० करोड पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।
कम्पनीले सो स्कुटर जुन वा जुलाईमा पेश गर्ने सम्भावना रहेको छ । कम्पनीले ५केडब्ल्यु र २५ केडब्ल्यु रेन्जको २ पाङ्ग्र्रे र ३ पाङ्ग्र्रे सवारी साधनको पूर्ण पोर्टफोलियो निर्माण गरिरहेको छ, जसलाई आगामी त्रैमासिकमा लन्च गरिनेछ । यी मध्ये पहिलो उत्पादन यसै वर्ष लन्च हुनेछ ।
कम्पनीको इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । अब कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा यसको उत्पादन क्षमता प्रतिमहिना १० हजार युनिट पु¥याउने लक्ष्य राखेको छ । टीभीएस आईक्युब ४.४ केडब्ल्यु लिथियम आयोन ब्याट्रीद्वारा संचालित छ । यसले एक पटक फुल चार्जमा ७५ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
टीभीएसले आफ्नो स्पोर्टी एनटर्क १२५ स्कुटरको एक्सटी भेरिएन्ट पनि ल्याएको छ । नयाँ स्कुटर थप रेस–आधारित डिजाइन र नयाँ पेन्ट स्किमको साथ आउँछ । यो भेरिएन्ट फ्रन्ट डिस्क ब्रेकसहित नियोन ग्रीन कलरमा उपलब्ध हुनेछ । यो भेरिएन्टमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट स्टाइल डिस्प्ले र अपडेटेड कनेक्टिभिटी फिचर रहेको छ ।
एनटर्क १२५ एक्सटीमा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ । सो इन्जिनले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ ।