ग्राहकहरूले यस क्याम्पमार्फत प्रभावशाली जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआइ टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्जबोनस, हरेक टेस्ट ड्राइभका साथविशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग सेभेन केएम फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् ।
जिडब्लुएमटेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुर्ण बनाउन कम्पनी तयार रहेको छ ।
जिडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ ।
ओरा ०३ इभीले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ ।