रुपन्देहीमा सवारी दुर्घटना परी एक जनाको मृत्यु

बुटवल : रुपन्देहीमा आज भएका छुटाछुटै सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ  भने ३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको  छ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले लु २९ प ८६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २८ वर्षका युवाको मृत्यु भएको छ ।

मृतकको अहिलेसम्म परिचय खुलेको छैन शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ देखि गुल्मीका लागि छुटेको ना ६ ख १९८४ नम्बरको बस रुपन्देहीको देव दह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ ।

दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले  जनाएको छ ।

प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *