जेठ महिनामा भित्रिए ९ सय १५ विद्युतीय कार

चालु आर्थिक वर्ष २०७९/०८० को जेठमा ९ सय १५ वटा विद्युतीय कार नेपाल भित्रिएका छन्।

११ महिनामा कुल ३८ सय ७० विद्युतीय कार नेपाल भित्रिएको हो।

जसमा सबैभन्दा बढी १ सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार नेपाल भित्रएका छन्।

११ महिनामा १ सय किलोवाट भन्दा कम क्षमताका ३७ सय ५२ वटा विद्युती कार नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ।

यसैगरी १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मको वर्गमा १ सय ६ वटा, १०१ किलोवाटदेखि २ सय किलोवाट शीर्षकमा १० वटा र २ सयदेखि ३ सय किलोवाट क्षमताका २ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।

यसैगरी २ सय १ देखि ३ सय किलोवाटसम्म २ वटा विद्युतीय कार भित्रिएको हो।

कुन महिना कति?

साउन-२११

भदौ-२०३

असोज-२९१

कार्तिक-३१३

मंसिर-३३५

पुस-३९६

माघ-२६०

फागुन-१८९

चैत-२५३

बैशाख-५०४

जेठ-९१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *