Skip to content
विद्युतीय सवारी उत्पादनमा आक्रामक रहेको भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय एसयूभी बजारमा ल्याउँदै छ।
टाटाका तीन विद्युतीय एसयूभी अबको डेढ वर्षभित्र बजारमा आइसक्ने छन्।
टाटाले पेट्रोलियम कारलाई विद्युतीयमा परिणत गरेर ल्याइरहेकोमा अब विद्युतीय प्लेटफर्ममा समेत कार बनाइरहेको छ।
टाटाका हाल टिगोर ईभी, टियागो ईभी, नेक्सन ईभी र नेक्सन ईभी म्याक्स भारतीय तथा नेपाली बजारमा उपलब्ध छन्।
नेपाली बजारमा नेक्सन ईभी, टिगोर ईभी र नेक्सन ईभी म्याक्स उपलब्ध रहेको छ भने टियागो ईभी आउने अन्तिम तयारीमा रहेको छ।
भारतमा अबको डेढ वर्षभित्र आउने तीन एसयूभीमा पन्च ईभी, ह्यारियर ईभी र कर्भ ईभी हुन्।
यी विद्युतीय एसयूभी भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छन्।
पन्च ईभी
टाटा मोटर्सले पन्च ईभी यी तीन मध्ये पहिला सार्वजनिक गर्ने तयारी गरेको छ।
पन्च ईभी नेक्सन ईभीभन्दा केही सस्तोमा आउने र रेन्ज भने बढ्ने अनुमान गरिएको छ।
पन्च ईभीमा पनि जिपट्रोन टेक्नोलोजीमै आधारित हुनेछ।
पन्च ईभी ३ सय किलोमिटर भन्दा बढी रेन्जसहित आउने छ।
कर्भ ईभी
२०२३ को जनवरीमा भएको अटो एक्स २०२३ मा टाटा मोटर्सले कर्भ ईभी शोकेस गरेको थियो।
२०२४ भित्रै बजारमा बिक्रीका लागि ल्याउने योजनासहित कर्भ ईभीको उत्पादन तयारी भइरहेको टाटा मोटर्सले जनाएको छ।
टाटाले कर्भलाई आईसी र ईभी दुवै इन्जिन अप्सनमा ल्याउने छ।
कर्भ ईभी एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने गरि बनिरहेको छ।
अत्याधुनिक विशेषतायुक्त हुने कर्भ ईभीले महिन्द्राको आउने ईभी बीई जेरोफाइभ, सुजुकी ईभीएक्सलगायत कारसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
ह्यारियर ईभी
टाटाले अटो एक्सपो २०२३ मा कर्भ ईभीसँगै ह्यारियर ईभीको कन्सेप्ट समेत शोकेस गरेको थियो।
उत्पादनकै तयारीमा रहेको ह्यारियर ईभी शोकेस गरिएकाले यो विद्युतीय एसयूभी पनि एक वर्ष भित्रै बजारमा आउने अनुमान गरिएको छ।
ह्यारियर ईभी आईसी इन्जिनयुक्त कार र सफारीबाट प्रेरित रहेको छ।
टाटाले ह्यारियर ईभी नेक्सन ईभी म्याक्सभन्दा माथिल्लो रेन्जमा ल्याउने छ।
ह्यारियर ईभी डुअल मोटर अप्सन, फोर ह्वील ड्राइभलगायत विशेषतामा आउनेछ।
यो कारमा अत्याधुनिक विशेषताहरुले भरिपूर्ण हुने टाटा मोटर्सले जनाएको छ।
त्यस्तै टाटाले अन्य विद्युतीय कारको समेत तयारी गरिरहेको छ।
Post Views: 252