युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति

युक्रेन : रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ ।

रूसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् ।

‘रातको समयमा गरिएको हमलाले चोङ्गर पुलमा क्षति पुगेको छ तर सो आक्रणबाट त्यहाँ कोही पनि पीडित छैनन्,’ क्रिमियाका रूसद्वारा स्थापित गभर्नर सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्।

यो पुलले सन् २०१४ मा रूसले युक्रेनबाट गाभिएको क्रिमियालाई युक्रेनी क्षेत्रसँग जोड्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *