हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका अनुसार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँले घटाइएको हो ।

मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ५० रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ५१ रुपैयाँ कायम भएको छ ।

निगमले ठूलो दरमा मूल्य घटाएपछि चाँडै हवाई भाडासमेत घट्नेछ ।

सामान्यतया प्रतिलिटर पाँच रुपैयाँभन्दा बढी दरमा हवाई इन्धनको मूल्य घटबढ हुनासाथ हवाई भाडादरसमेत समायोजन हुने गरेको छ ।

गत १८ जेठमा नै निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हवाई इन्धनको नयाँ मूल्य पठाउँदा घटाएर पठाएको थियो ।

सोलगत्तै निममले मूल्य घटाएर उपभोक्तालाई राहत दिनुपर्ने भए पनि प्रतिलिटर तीन रुपैयाँभन्दा बढी दरले मूल्य घटबढ गर्दा सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था भएको प्रवक्ता मनोज ठाकुरले बताए ।

उनका अनुसार मंगलबार सञ्चालक समिति बैठक बसेपछि मूल्य घटाउने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *