Skip to content
एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण लगानी गर्ने भएको छ ।
सम्झौता अनुसार पारामाउन्टले आयात गर्ने एमजीका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई प्रभु बैंकले ऋण दिने छ।
यस सम्बन्धी सम्झौता पत्रमा एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स र बैंकबीच सम्झौता भएको छ ।
ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र पारामाउन्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्।
ऋण छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा दिने बैंकले जनाएको छ। ऋण बैंकका ३०१ वटै शाखाबाट उपलब्ध हुने छ।
Post Views: 228