चिनियाँ र रुसी सेनाको रणनीतिक हवाई गस्ती

चिनियाँ र रुसी सेनाले संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् ।

दुई देशका वायुसेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्न सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा जनाएका छन् ।

जुन ६ र ७ मा भएको सो गस्तीबारे आज जानकारी दिइएको थियो ।

उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौँ शृंखला हो ।

यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *