बजेट सार्वजनिक पश्चात् हुन्डाई गाडीको मूल्य १४ लाख रुपैयाँले घटेको छ ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले १२५ किलोवाट क्षमता भएको हुन्डाई आयोनिक ५ को मूल्य घटाएको हो ।
यसअघि १ करोड १६ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको हुन्डाई आयोनिक ५ को मूल्य १४ लाख रुपैयाँले घटेर एक करोड २ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ ।
यस्तै, हुन्डाईले १०० र १५० किलोवाट क्षमता रहेको कोनाको मूल्य समेत घटाएको छ ।
यसअघि ७६ लाख ९६ हजार रुपैयाँ रहेको १०० किलोवाट क्षमताको गाडीको मूल्य ५६ लाख ९६ हजार र ९४ लाख ९६ हजार रहेको १५० किलोवाट क्षमताको गाडीको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
१ सय किलोवाट क्षमता रहेको आयोनिक यसअघि ७६ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले ५७ लाख ९५ हजार बनाएको छ ।