बिवाईडीको मूल्य ९ लाखले घट्यो

बजेट सार्वजनिक भए पश्चात् बिवाईडी गाडीको बिक्री गर्दै आएको कम्पनीले ९ लाख रुपैयाँले मूल्य घटाएको छ ।

नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिक्री गर्दै आएको २ मोडलका गाडीको मूल्य घटाएको हो ।

कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो ।

नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ ।

योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ ।

यसअघि यस गाडीको मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि यस गाडीको मूल्य ८९.९९ रुपैयाँ रहेको थियो ।

संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *