Skip to content
बजेट मार्फत् सवारी साधनमा लाग्ने कर परिवर्तन भएपछि टेस्ला कम्पनीको गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ ।
टेस्ला गाडीको नेपालका लागि अधिकारीक बिक्रेता कम्पनी अरेटी इन्टरनेशनलले मोडल थ्री र मोडल वाईको मूल्य समायोजन गरेको हो ।
टेस्लाको मोडल वाई गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ ।
बजेटअघि यो गाडीको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेकोमा बजेटपछि १ करोड ९९ लाख कायम भएको छ।
यस्तै, कम्पनीले मोडल थ्री गाडीमा २० लाख रुपैयाँ मूल्य घटाएको छ ।
टेस्ला मोडल थ्रीमा पीकपावर १९८ किलोवाट क्षमताको मोटर रहेको छ ।
बजेटमा १ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार र अन्तशुल्क घटेसँगै कम्पनीले बिक्री मूल्य घटाएको हो ।
यसअघि १ करोड ५० लाख मूल्यमा बिक्री हुँदै आएको मोडल थ्री कम्पनीले २० लाख रुपैयाँ घटाएर एक करोड ३० लाख रुपैयाँ बिक्री मूल्य तोकेको हो ।
कम्पनीले उक्त मोडलको गाडी किन्ने ग्राहकलाई ५ लाख नगद छुट दिने समेत जनाएको छ ।
Post Views: 230