विपरजोय चक्रवातले गुजरातमा ६ जनाको मृत्यु

गुजरात :  विपरजोय चक्रवातका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ ।

हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ ।

जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रय स्थलमा पठाएको थियो।

विपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा अलर्ट जारी गरेका छन्।

बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

भारत मौसम विभागले पूर्वानुमानका अनुसारका  चक्रवात कमजोर भए  पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *