काखोभका बाँध भत्किएपछि सत्र जनाले ज्यान गुमाए

काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन् ।

आज बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् ।

विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार पूर्वाधारमा गम्भीर क्षति भएको छ ।

गत मङ्गलबार काखोभका जलविद्युत् आयोजनालाई लक्षित गरी भएको आक्रमणबाट बाँध भत्किएपछि बाढीबाट बृहत् विनाश भएको छ भने हजारौँ बासिन्दा बाध्य भएर सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *