मेरो बसाइ चागुनारायण नगरपालिकाको झौखेल हो । म लामो समय देखी शिक्षण पेशामा आवद्ध छु । म हेराल्ड कलेज बसुन्धरा र एआईटियम खुमलटारमा पढाउछु ।
मेरो सानो व्यावसाय पनि छ । त्यो सन्दर्भमा म होलसेल तिर सामान लिन पनि धाउनु पर्छ ।
त्यसैले म दिनमा धेरै मोटरसाइकल चलाउने सवारी चालकमा पर्छु । अहिले मैले कोमाकीको विद्युतिय स्कुटर चढीरहेको छु ।
त्यो भन्दा अगाडी मैले ६० साल देखी अहिले ७९ सालको अन्त्य सम्म १९ वर्ष इन्धन हाल्ने मोटरसाइकल चढे ।
पछिल्लो दिनको कुरा गर्दा डिस्कभरमा मैले महिनाको लगभग १५ हजारको इन्धन हाल्नु पर्थो । अहिले विद्युतिय मोटरसाइकलमा दिनको ३० रुपैयाको विजुली खर्च हुन्छ ।
मैले यो स्कुटर चढ्दा मर्मत संभार वाहेक नै महिनामा १२ देखी १५ हजार जोगाएको छु । त्यसकारण यो निकै किफायती छ । दैनिक सामान्य पोर्टमा चार्ज भएको छ ।
भविष्यमा यसले साथ दिन्छ कि दिदैन यो अध्ययनको विषय छ, बाकी यो स्कुटर निकै राम्रो छ । अहिले यसको पिकअप पनि राम्रो छ र दैनीक खर्च पनि खासै छैन ।
यसको माइलेजको कुरा गर्दा १४० किलोमिटर प्रति फूलचार्ज दिन्छ भनेको छ । तर अफरोडमा त्यो संभावना छैन ।
उकालो ओरालो बढी भएकोस्थानमा पनि त्यो संभावना कम हुन सक्छ । तथापी मैले १२० किलोमिटर सम्म चलाएको छु । त्यो लिमिट सम्म समस्या आएको छैन।
पहिला पहिला इभी चढ्ने साथिहरु इभीको कम्प्लेन गर्थे । ६०–८० को रेन्ज भनेर किनेको इभीले केही चार्ज बाकी हुदा हुदै काम गर्न छोडेको गुनासो पनि आएको थियो ।
तर यसमा त्यो खालको समस्या आउदैन भनेर यो स्कुटर लिए । अहिले त यसले राम्रै काम गरेको छ । यो अवस्थामा कति लामो समय स्कुटर चल्ला त्यसमा चाही म पनि अनविज्ञ छु ।
तथापी ३ वर्षको रिप्लेसमेन्ट वारेन्टी भएको कारणले मैले स्कुटर ढुक्कले चढेको छु ।
३ वर्षमा मैले यो स्कुटर चढ्दा ३ लाख ५० हजार भन्दा धेरै बढी सेभ गरेको हुन्छ । ३ वर्ष कटेपछी व्याट्री फेर्नै परेको खण्डमा पनि खासै महंगो पर्दैन ।
यसको पिकअप त राम्रो छ त्यसको अतिरिक्त यसमा भएको डिकी पनि फराकिलो छ । जसले गर्दा मलाई पसलका धेरै सामान ल्याउन पनि काम लाग्छ ।
यसमा आवाज आउदैन । यसले प्रदुषण गर्दैन । फेरी यसले हाम्रै देशमा उत्पादन भएको विद्युतको उपभोग गर्छ । अहिले नेपालमा उत्पादन भएको विद्युत कता लगेर बिक्री गरौ जस्तो भएको छ।
इभी चढ्नेहरुले ढुक्कले इभी चढ्दा हुन्छ । किनकी यसमा डाउट भनेको व्याट्रीमा हो । जब व्याट्रीमानै वारेन्टी छ भने चढ्न किन डराउने ।
यो स्कुटर चढ्दा कानलाई निकै आनन्द फिल हुन्छ । इन्धन प्रयोग हुने मोटरसाइकल चढ्दा निकै ठूलो हल्लाले हाम्रो कानलाई असर गरिरहेको हुदोरहेछ । अहिले निकै आनन्द लाग्छ ।
तर इभी अफरोडमा चढ्दा थर्किएको अनुभव हुन्छ । त्यसैले पिच सडकमा दैनीक छोटो दुरीमा सवारी साधन चढ्नेले विद्युतिय स्कुटर चढ्नु उचित हुन्छ।